तनहुँ । मंगलबार बिहान तनहुँमा घरमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
तनहुँको बन्दिपुर गाँउपालिका १ बेलभञ्ज्याङ बस्ने २४ वर्षीय सन्तोष क्षेत्रीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनाउदै गरेको नयाँ घरमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लागेर क्षेत्रीको घर भित्रै नै मृत्यु भएको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।