Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा गाेठमा बाँधेकाे गाई चाेरेरे काटेको अभियोगमा तीन जना पक्राउ

पोखरामा गाेठमा बाँधेकाे गाई चाेरेरे काटेको अभियोगमा तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७८ मंगलवार • १९:०९:४० बजे
  • 775
    SHARES
  • पोखरामा गाेठमा बाँधेकाे गाई चाेरेरे काटेको अभियोगमा तीन जना पक्राउ

    पोखरा ।  मंगलबार पोखरामा गाेठमा बाँधेकाे गाई चाेरेरे लगी काटेको अभियोगमा तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    images

    कास्कीको पोखरा १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गाेठबाट चोरेर लगी काटेको अभियोगमा बाग्लुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर, २२ वर्षीय सबिन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पुरुनचौरका ८३ वर्षीय केशर बहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर चोरी लगेको भन्ने खबर पाएपछि प्रहरी टोलीले खोजतलास गरेको थियो ।

    गोठभन्दा २ किमी पर लगेर उनीहरुले गाई काटेको अभियोग छ ।

    सोही अभियोगमा उनीहरुलाई मंगलबार बिहान १० बजेकाे समयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology