Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माथिबाट आएको पहिरोले घर पुरियो, चार बेपत्ता, एक घाइते

माथिबाट आएको पहिरोले घर पुरियो, चार बेपत्ता, एक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७८ बिहिवार • १०:२२:०६ बजे
  • 1.2K
    SHARES
  • माथिबाट आएको पहिरोले घर पुरियो, चार बेपत्ता, एक घाइते

    घरमाथिबाट आएको पहिरो जाँदा दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगै आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गएराति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।

    images

    गलान भने घाइते अवस्थामा भेटिएकाले उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट दक्षिणमा करिब ५० किलोमिटर दूरीमा रहेको ठूलोभोर्ले र धुसेनी गाउँको बीच भागमा यो घटना भएको हो । बेपत्ता भएकाहरुको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको छ ।

    यो घटनाको पूर्ण विवरण आउन बाँकी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई उद्धृत गर्दै राससले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology