पोखरा । कोरोना भाईरसको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा पुनः कडाई गर्दै एक साताका लागि थप गरेको छ।
कास्की जिल्लाभर लागू हुने गरी भदौ १० गतेसम्म स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाइकासाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी आदेश अनुसार कोरोना संक्रमणको फैलावट र मृत्युदरमा पुनः वृद्धि आएको भन्दै जिल्ला भित्र संचालन हुने सार्वजनकि तथा निजी सवारीमा जोर विजोर नम्वर कायम गरिएको छ।
विज्ञप्तिमा भनिएको छ – ‘सबै प्रकारका सभा सम्मेलन, गोष्ठी सेमिनार गर्न,मानिसहरु जम्मा भएर जुलुस जात्रा महोत्सव गर्न, भीडभाड गर्न निषेध छ।’