Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वत जलजला गाउँपालिकाका प्रमुख मल्ललाई पक्राउ गरी अदालत पेश गर्न आदेश

पर्वत जलजला गाउँपालिकाका प्रमुख मल्ललाई पक्राउ गरी अदालत पेश गर्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७८ बिहिवार • १४:०७:४७ बजे
  • 1.7K
    SHARES
  • पर्वत जलजला गाउँपालिकाका प्रमुख मल्ललाई पक्राउ गरी अदालत पेश गर्न आदेश

    पोखरा । कास्की जिल्ला अदालतले पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गरी दाखिला गर्न पर्वत प्रहरीलाई पत्र पठाएको छ। गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको हो।

    images

    प्रतिवादी मल्ललाई वादी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकोले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको बताए। ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्नेगरी खोजी भइरहेको छ।’

    arrest_purji_F4Ct2Q504P.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology