Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने ४ महिला र तीन पुरुष पक्राउ

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने ४ महिला र तीन पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७८ बिहिवार • १४:१५:४४ बजे
  • 1.1K
    SHARES
  • अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने ४ महिला र तीन पुरुष पक्राउ

    पोखरा । अपार्टमेन्ट भाडामा लिएर ललितपुरमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ । जसमा चार महिला र ३ पुरुष रहेका छन । 

    images

    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट रहेका छन् । 

    यसैगरी ललितपुर ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका-७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य रहेका छन् । 
        
    अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology