Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ बन्दीपुर चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

तनहुँ बन्दीपुर चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७८ शुक्रवार • ०९:३५:२८ बजे
  • 1.2K
    SHARES
  • तनहुँ बन्दीपुर चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ ।

    images

    स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

    केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उहाँ घर छाडेर हिँडेको बताइएको छ । उनी हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ ।

    गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । “ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उनले भने।

    ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भने ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology