Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा जोरबिजोरमा कडाई : निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारी साधन कारवाही

पोखरामा जोरबिजोरमा कडाई : निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारी साधन कारवाही

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ५, २०७८ शनिवार • १०:३५:०२ बजे
  • 676
    SHARES
  • पोखरामा जोरबिजोरमा कडाई : निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारी साधन कारवाही

    पोखरा। कास्की प्रहरीले शुक्रबार निषेधाज्ञाको उल्लङ्घन गर्ने ४२१ सवारी साधनलाई कारवाही गरेको छ।

    images

    नियन्त्रणमा लिएर कारवाही परेका सवारी मध्ये ३ सय ८९  वटा दुई पाङ्ग्रे छन् भने, ३२ वटा चार पाङ्ग्रे सवारी छन्।

    नियन्त्रणमा लिइएका सवारीलाई होल्डिङ एरियामा राखिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

    पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर र मृत्युदर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले भाद्र ३ गते राति १२ बजेबाट लागु हुने गरी जारी निषेधाज्ञा एक साताका लागि थप गरेको छ। थप भएको निषेधाज्ञामा जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारीमा जोर विजोर अनिवार्य गरिएको छ।

  • सम्बन्धित विषय:

  • # जोरबिजोर प्रणाली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology