Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

२४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७८ शनिवार • १८:०१:१५ बजे
  • 724
    SHARES
  • २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

    पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ । थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ ।

    नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology