Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप

सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७८ सोमवार • ०९:४४:३४ बजे
  • 1.0K
    SHARES
  • सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप

    सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए । उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् ।

    images

    मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप लगाइसकेको जनाएको छ । राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोप आइसकेको र असोजमा २ करोड ५ लाख खोप आउने सुनिश्चितता भएको बताए । सबै नागरिकलाई खोप उपलब्ध गराउन करिब ५ करोड २२ लाख मात्रा खोप चाहिने र त्यसका लागि आवश्यक व्यवस्थापन गरिसकेको जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले चैत महिनासम्म सबैलाई खोप दिलाउने लक्ष्य पूरा हुने दाबी गरे ।

    खोपका लागि अनलाइन फारम भरेकालाई धमाधम सम्पर्क गरी खोप लगाउने कार्य अघि बढाइएको जानकारी दिँदै उनले भने– ‘कोभिडबाट सबै नागरिकलाई बचाउन स्थानीय तहको सहयोगमा खोप लगाउने काम भइरहेको छ । अबको ६ महिनाभित्र सबै नेपालीलाई खोपको सुनिश्चितता गर्नेछौँ ।’ समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology