Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँ अगाडि नै गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँ अगाडि नै गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७८ सोमवार • १२:२९:२७ बजे
  • 868
    SHARES
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँ अगाडि नै गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँ अगाडि नै गर्ने तयारी गरेको छ। परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दसैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएकाले सोहीअनुसार तयारी थालिएको बोर्डका अधिकारीले जनाएका छन् ।

    images

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले स्वीकृति दिएमा दसैँ अगाडि नै परीक्षा गर्न सक्ने अवस्थामा रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सिसिएमसीले अनुमति दिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाबारे सूचित गरिने उनले बताए । सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थी परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    सिसिएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले बताए। सरकारले यसै साता मात्रै कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology