Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्की पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

कास्की पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०७८ सोमवार • १२:३२:४६ बजे
  • 2.3K
    SHARES
  • कास्की पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

    कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो ।

    images

    भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ । आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।

    पानी परिरहेको छ र पानीको भल त्यसैबाट छिरिरहँदा अझै भासिने र महेन्द्रपुल क्षेत्रमा क्षति पुग्ने हो कि भन्ने डर छ’ उनले भने । अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # कास्की पोखरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology