पोखरा। जापानबाट अनुदानको थप झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।
कतार एयरलाइन्सको विमानमा सोमबार बिहान साढे ९ बजे झन्डै पाँच लाख डोज एस्ट्राजेनेका खोप आइपुगेको हो । गत शनिबार जापान सरकारले २ लाख ८ हजार ७ सय डोज पठाएको थियो ।
जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी पठाइएको हो ।
नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सयभन्दा धेरैले खोप लगाइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हालसम्म कुल खोप लगाउने नेपालीको संख्या ८५ लाख २० हजारभन्दा बढी छ। तिनमा दुवै डोज लगाउने ३७ लाख ८ हजार ६ सयभन्दा बढी छन् ।