Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७८ मंगलवार • १०:४७:०५ बजे
  • 424
    SHARES
  • ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा

    धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो । हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ ।

    images

    भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए ।

    हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । केही महिना पूर्व महोत्तरीको भ्रमरपुरामा सुजाता ठाकुर हत्या प्रकरण नसेलाउँदै धनुषामा समेत सोही प्रकृतिको हत्याको घटना सार्वजनिक भएको छ ।

  • सम्बन्धित विषय:

  • # ससुरा र बुहारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology