Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन पाइने

काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७८ मंगलवार • १५:५२:०५ बजे
  • 1.0K
    SHARES
  • काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन पाइने

    काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।

    images

    साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

    भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । रातिको समयमा मात्र सवारी साधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको आलोचना भएको थियो ।

  • सम्बन्धित विषय:

  • # काठमाडौंं
  • # उपत्यका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology