पोखरा । मंगलवार पाेखरामा पाैडी खेल्ने क्रममा नहरले बगाएर ११ वर्षीया एक बालिका बेपत्ता भएकी छिन् ।
सोलुखुम्बु घर भई हाल कास्कीकाे पोखरा २६ बुढिबजार बस्ने ११ वर्षीया दिपसिका भुजेल पाैडी खेल्ने क्रममा नहरले बगाएर बेपत्ता भएकी हुन् ।
बिहान अन्दाजी पाैने १० बजेकाे समयमा पाेखराकाे कालिका चोकस्थित नहरमा पाैडी खेल्ने क्रममा भुजेललाई नहरले बगाएकाे प्रहरीकाे भनाइ छ ।
उक्त स्थानमा खटिएकाे प्रहरी टोलीले उनकाे खाेजी कार्य गरिरहेकाे बताइएकाे छ ।