Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी बोर्डिङ स्कुल पोखराको स्टाफ थापाको क्वार्टरको छतबाट खसेर मृत्यु

गण्डकी बोर्डिङ स्कुल पोखराको स्टाफ थापाको क्वार्टरको छतबाट खसेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ८, २०७८ मंगलवार • १८:२६:१३ बजे
  • 3.8K
    SHARES
  • गण्डकी बोर्डिङ स्कुल पोखराको स्टाफ थापाको क्वार्टरको छतबाट खसेर मृत्यु

    पोखरा। पोखरामा स्कुलका एक स्टाफ स्कुल क्वार्टरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

    images

    मंगलबार बिहान अन्दाजी १०:५० बजेको समयमा पोखरा महानगरपालिका -१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतमा रहेको टिन मर्मत गर्ने क्रममा खस्दा सोही स्कुलको मर्मत शाखामा कार्यरत लामाचौर निवासी अन्दाजी ४० वर्षीय शंकर थापाको मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

    पोखरेलका अनुसार छतबाट खसे लगत्तै थापालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

    घटनाको जनाकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology