Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेशमै राजपत्र छापिने

प्रदेशमै राजपत्र छापिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • १०:४६:३१ बजे
  • 892
    SHARES
  • प्रदेशमै राजपत्र छापिने

    सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिए ।

    images

    उहाँले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अब नरहेको बताए । प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने हुन्छ ।

    मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको र राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको जनाउँदै मन्त्री जोशीले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने विश्वास व्यक्त गरे ।

    अब प्रदेशमै मेसिन आइसकेकाले प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने उनको भनाइ छ । मुद्रण मेसिन रु २७ लाख ८० हजारमा खरिद गरिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology