कोरोना संक्रमणबाट पोखरामा १२ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार गण्डकी प्रदेशका बिभिन्न जिल्लाका १२ जना संक्रमितहरुको पोखराका बिभिन्न अस्पतालहरुमा र होम आइसोलेसनमा ज्यान गएको हो । जसमा कास्कीका मात्रै सात जना रहेका छन भने स्याङ्जाका दुई, बागलुङ, तनहूँ र पर्वतका एकरएक जना छन् ।
यस्तै, पोखरा १४ की ४८ वर्षकी महिला, पोखरा १० की ९२ वर्षकी महिला, पोखरा २२ का ७७ वर्षका पुरुष, पोखरा २५ का ६५ वर्षका पुरुष, पोखरा १४ का ८२ वर्षका पुरुष, पोखरा ७ का ६८ वर्षका पुरुष र रुपा गाउँपालिकाका ६२ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १२ सय ५९ जना पुगेको छ ।
यसैगरी गण्डकीमा आज ४९६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका १९८ जना रहेका छन् ।
यस्तै हिमाली जिल्लामा मनाङ र मुस्ताङमा १६र१६ जना ,म्याग्दीमा आठ, पर्वतमा २५, गोरखामा २१, लमजुङमा चार, तनहुँमा २९, बागलुङमा ५९, स्याङ्जामा २८, नवलपरासी पूर्वमा ९२ जना कोरोना संक्रमित भेटिएको हो ।।
आज भेटिएकासहित गण्डकीमा कोरोना संक्रमितको कूल संख्या करिब ८० हजार अर्थात ७९ हजार ८९६ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित निको भएका छन् ।