Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाकालीमा बेपत्ता भएका धामीका परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

महाकालीमा बेपत्ता भएका धामीका परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७८ बिहिवार • १९:२४:२५ बजे
  • 496
    SHARES
  • महाकालीमा बेपत्ता भएका धामीका परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

    सरकारले दार्चुलास्थीत महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियक्त गर्ने निर्णय गरेको छ ।

    यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको उहाले बताउनुभयो । त्यस्तै बैठकले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको उनले बताए ।

    अतिकम बिकसित राष्ट्रसम्बन्धी बैठकमा भर्चुअल रुपमा नेपालको तर्फबाट सहभागीता जनाउन योजना आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology