Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा

देशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७८ शुक्रवार • १०:१०:०८ बजे
  • 718
    SHARES
  • देशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा

     नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागको मौसममा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरैजसो स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

    images

    आज दिउँसो देशका अधिकांस भू–भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी बर्षा हुने सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology