Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७८ शुक्रवार • १०:११:४४ बजे
  • 1.5K
    SHARES
  • पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराेका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवागमन बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए ।

    images

    करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधनहरु बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिरोका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको राससले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # करिडोर अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology