पोखरा । कास्कीको अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा बुधबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ मझुवा गढी नगरपालिका-१२ घर भई अन्नपूर्ण गाउँपालिका ११ छुम्रुङ बस्ने ३२ वर्षीय ललित राई बुधबार साँझ मृत अवस्थामा फेला परेका हुन ।
अन्नपूर्ण गाउँपालिका-११ को पल्लो सिनवास्थित घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा राई मृत भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।