Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन बेपत्ता

नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १३:५०:४८ बजे
  • 358
    SHARES
  • नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन बेपत्ता

    नवलपरासी । अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्। 

    images

    शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन्। 

    प्रहरीका अनुसार ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको हो। पहिरोमा पुरिएका हस्तबहादुरलाई भने सकुशल उद्धार गरिएको छ। 

    गूद्क्निघ्त्सनिम  बोक्स् अद् २
    बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ। बिहान करिब २ बजे पहिरो गएको थियो। 

    पहिरोमा पुरिएर घाइते भएका पुलामीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology