Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रूपन्देहीमा दानव नदीमा आएको बाढीले १५ घर बगायो एक जना बेपत्ता

रूपन्देहीमा दानव नदीमा आएको बाढीले १५ घर बगायो एक जना बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १७:३६:१९ बजे
  • 1.1K
    SHARES
  • रूपन्देहीमा दानव नदीमा आएको बाढीले १५ घर बगायो एक जना बेपत्ता

    बुटवल । रूपन्देहीमा दानव नदीमा आएको बाढीले जिल्लाका १५ घर बगाएको छ भने एक जना बेपत्ता भएका छन् ।

    images

    रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका १४ कच्ची र बुटवल उपमहानगरपालिका–१२ सिर्जनाटोलका हरि ढकालको चारकोठे पक्की घर भत्किएको हो ।

    दानव नदीमा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३ प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । 

    थापाका अनुसार लोध बिहान ५ बजे बाढीले बगाएका दाउरा बटुल्ने क्रममा बेपत्ता भएका थिए ।

    रोहिणी, ओमसतिया, मर्चवारी, सम्मरीमाई, कञ्चनलगायत क्षेत्रमा बढी क्षति गरेको छ । त्यस क्षेत्रका करिब एक सय घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

    तीन दिनदेखिको वर्षा अझै रोकिएको छैन । क्षति अझ बढ्ने आकलनका साथ जोखिमयुक्त ठाउँमा उद्धारकर्मी खटाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology