Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरका ९ जनामा कोरोना पुष्टि

पोखरा महानगरका ९ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २१, २०७७ बुधवार • ११:०९:५९ बजे
  • 7.8K
    SHARES
  • पोखरा महानगरका ९ जनामा कोरोना पुष्टि
    गण्डकी प्रदेशमा बुधबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार दिएको अपडेट अनुसार प्रदेशको कास्की जिल्लामा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    नयाँ संक्रमित ९ जना नै कास्कीको पोखरा महानगरपालिकाका रहेका छन् । संक्रमित १७ देखि ५७ बर्षसम्मका पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ३५४ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५५२ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology