Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ६ जनाको मृत्यु ,१९० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ६ जनाको मृत्यु ,१९० जनामा संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १७:५४:१० बजे
  • 1.4K
    SHARES
  • पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ६ जनाको मृत्यु ,१९० जनामा संक्रमण पुष्टि

    पोखरा । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण पोखरामा आज ६ जनाको मृत्यु भएको छ भने १९० जनामा संक्रमण पुष्टि भएको छ । । 

    images

    मृत्यु हुनेमध्ये पोखराका तीन जना, स्याङ्जाका दुई जना र पर्वतका एक जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ सय ७४ जना पुगेको छ । 

    यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका १९० जना रहेका छन् । 

    आज पर्वतमा सात, गोरखामा २२, लमजुङमा सात, तनहुँमा ३५, बागलुङमा पाँच, स्याङ्जामा २६ र नवलपरासी पूर्वमा ५८ जना कोरोना सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

    शर्माका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ५४५ जना कोरोना सङ्क्रमित निको भएका छन् । आजको अन्तिम तथ्याङ्क अनुसार गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ सय ६० जना छन् । 

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology