Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कैलालीमा बाढीले बगाएर एकको मृत्यु, सय बढी घर डुबानमा

कैलालीमा बाढीले बगाएर एकको मृत्यु, सय बढी घर डुबानमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १७:५७:३७ बजे
  • 1.1K
    SHARES
  • कैलालीमा बाढीले बगाएर एकको मृत्यु, सय बढी घर डुबानमा

    कैलाली । लगातारको वर्षापछि आएको बाढीले कैलालीमा बगाएर एक जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घर डुबानमा परेका छन्। जिल्लाको लम्किचुहा नगरपालिका-६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो।

    images

    बिहीवार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएर बेपत्ता पारेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनको आज करिब ७ किलोमिटर पर पुर्‍याएको अवस्थामा शव फेला परेको हो।

    यस्तै, दुई जनाको भने उद्धार गरिएको छ। गौरीगङ्गा नगरपालिका-३ कुचैनी बस्ने दाजु बहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाको बिच भागमा फसेका थिए।

    उनीहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी करिब ५० जनाको टोलीले उद्धार गरेको सूचना अधिकारी जोशीले बताए।

    वर्षापछि आएको बाढीले जिल्लामा एक घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ। जानकी गाउँपालिका र भजनी नगरपालिकामा एक सय घर डुबेको जोशीले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology