पोखरा । कास्की प्रहरीले पोखराबाट जुवाखाल सहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले ५६ हजार १ सय ३० रुपैयाँ र ४ बुक तास सहित ८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका ३ नदीपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमाया लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
एकमायाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ५६ हजार १ सय ३० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।