Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सात नेपाली युवतीहरुको भारतबाट उद्धार

सात नेपाली युवतीहरुको भारतबाट उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १०:२१:१५ बजे
  • 727
    SHARES
  • सात नेपाली युवतीहरुको भारतबाट उद्धार

    प्रहरीले भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार गरेको छ । भारतको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट प्रहरीले युवतीहरुको उद्धार गरेको हो । अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाउँदै ती युवतीहरुलाई बिक्री गर्ने तयारी भइरहेको सूचनाका आधारमा उद्धार गर्न प्रहरी टोली आदापुर पुगेको थियो ।

    images

    भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा युवतीहरुको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘छौडादानोमा पुगेपछि युवतीहरुलाई मोबाइल खोसी अँध्यारो कोठामा राखेका रहेछन् ।

    भारतकै विभिन्न स्थानमा पठाइ रकम लिइ निजहरूको इच्छा विपरीत अशोभनीय पोशाकमा विना पारिश्रमिक नाचगान गराउने, शारीरिक तथा मानसिक यातना दिइ श्रम शोषण गर्ने तथा बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको रहेछ,’ उनले भने, ‘त्यही समयमा हामीले उनीहरुको उद्धार गर्न सफल भयौं ।

    प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानोमै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको हो । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवतीहरु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology