Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खुकुरीले श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

खुकुरीले श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १०:३०:४४ बजे
  • 1.3K
    SHARES
  • खुकुरीले श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

    भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।

    images

    त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।

    स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए । घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology