Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७८ शनिवार • १५:५२:१४ बजे
  • 1.3K
    SHARES
  • गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

    चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा बर्तालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्  ।  सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनका साथै  गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताए ।  

    images

    बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मीठो मसिनो खाएर बिरुडा र फलफूलसहितको  सगुन फाग गाउँछन् ।

    पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल हुनुभएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

    दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने  र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।
    तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौराका समयमा सामूहिकरुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा  कोरोना भाइरसका कारण सामूहिकरुपमा जमघट नहुँदा गौराको रौनक नै  नभएको स्थानीयले बताएका छन् । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • # गौरा पर्व
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology