Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता युवक अझै अज्ञात

कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता युवक अझै अज्ञात

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७८ शनिवार • १५:५६:१४ बजे
  • 1.3K
    SHARES
  • कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता युवक अझै अज्ञात

    कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।  

    images

    कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना नदी तर्ने क्रममा शुक्रबार साँझ ६ बजे बगेर बेपत्ता भएका थिए ।

    उनीसँगै आएका लक्षमण राना, सुशील राना भने नदी तर्न सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीकार्य जारी रहेको  प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

     कैलालीको धनगढी उपमहानगर–३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि आवागमन बन्द छ । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology