Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा बाघको छाला, खप्पर, हड्डीसहित तीनजना पक्राउ

तनहुँमा बाघको छाला, खप्पर, हड्डीसहित तीनजना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १३, २०७८ आइतवार • १२:५१:४३ बजे
  • 1.6K
    SHARES
  • तनहुँमा बाघको छाला, खप्पर, हड्डीसहित तीनजना पक्राउ

    तनहुँ । तनहुँमा बाघको छाला, खप्पर, हड्डीसहित तीनजना पक्राउ परेका छन् ।

    images

    व्यास नगरपालिका–५, पतेनीस्थित पक्की पुलनजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डीलगायत अंगसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा व्यास नगरपालिका–६, सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१, ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र व्यास नगरपालिका–१, रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

    उनीहरूमध्ये अर्जुनको साथबाट दुईथान बाघको छाला, बा४९प ५९२३ नम्बरको स्कुटर, एकथान मोबाइल र नगद एक हजार रुपैयाँ, सन्जितको साथबाट १२२ वटा बाघका हड्डीहरू, ग१८प ५४११ नम्बरको मोटरसाइकल, एकथान मोबाइल र नगद दुई हजार रुपैयाँ र सन्तोषको साथबाट बा३५प ५४५१ नम्बरको मोटरसाइकल, नगद तीन हजार ५८५ रुपैयाँ, एक थान लाइटर र एकथान मोबाइल प्रहरीले बरामद गरेको छ ।

    सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरूसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # बाघको छाला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology