Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अविरल बर्षाका कारण पहिरोले बुटवलको ज्योतिनगर क्षेत्रका सिंगो वस्ती जोखिममा

अविरल बर्षाका कारण पहिरोले बुटवलको ज्योतिनगर क्षेत्रका सिंगो वस्ती जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १४:१२:०० बजे
  • 754
    SHARES
  • अविरल बर्षाका कारण पहिरोले बुटवलको ज्योतिनगर क्षेत्रका सिंगो वस्ती जोखिममा

    अविरल बर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ चुरे पहाड तल रहेको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

    images

    शुक्रबार नै बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । स्थानीयवासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान निकालेका छन् भने अन्य घरका वासिन्दाहरु पनि घर छाडेर अन्यत्र गईरहेका छन् ।

    पहिरोपछि आफुहरुलाई खाने र बस्ने समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । यसअघि २०५५ सालमा गएको पहिरोले ज्योतिनगर क्षेत्रमा ठूलो विपत्ति ल्याएको थियो ।

  • सम्बन्धित विषय:

  • # वस्ती जोखिममा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology