Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

९ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित तीनजना बिदेशी नागरिक पक्राउ

९ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित तीनजना बिदेशी नागरिक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १३, २०७८ आइतवार • १६:४०:३५ बजे
  • 739
    SHARES
  • ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित तीनजना बिदेशी नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना बिदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    images

    आइतबार पत्रकार सम्‍मेलन गरेर प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो।

    पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् ।

    पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

    कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology