पोखरा । कास्की प्रहरीले पोखरामा सुन जस्तो देखिने पहेँलो धातु ,लागूऔषध र लाखाउ रकम सहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।
शनिबार राति प्रहरीले पोखरा १५ चोरसाँघुबाट लागूऔषध २ सय ८० एम्पुल नुर्फिन, २ सय ८० एम्पुल फेनरागन, २ सय ८० एम्पुल डाईजेपाम, नगद ३ लाख २९ हजार रुपैयाँ, सुन जस्तो देखिने पहेंलो रङको धातु १ केजी, १ थान पेस्तोल जस्तो देखिने लाइटर र ३ थान मोबाईल सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा ९ शिवटोलस्थित सुकुम्बासी बस्ती बस्ने ३७ वर्षीय लोक बहादुर श्रेष्ठ र उनकै श्रीमती ३२ वर्षीया बिष्णु श्रेष्ठ गुरुङ रहेका छन् ।
उक्त ठाउँमा अबैध रुपमा लागूऔषध खरिद बिक्री र संकलन गरी कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घरको कोठा तथा हाँसको खोरमा खाल्डो खनि लुकाई राखेको अवस्थामा उक्त लागूऔषध लगायतका सामान फेला पारेको प्रहरीले जनाएको छ ।