Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुबेर धॅामी सहयोग अभियानमा मोना सेन्दाईको आर्थीक सहयोग

कुबेर धॅामी सहयोग अभियानमा मोना सेन्दाईको आर्थीक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १८:०७:२७ बजे
  • 1.9K
    SHARES
  • कुबेर धॅामी सहयोग अभियानमा मोना सेन्दाईको आर्थीक सहयोग

    केही दिन पहिला जापानमा ज्यान गुमाएका बझांगका कुबेर धॅामीका लागी शुरु गरिएको सहयोग अभियानमा म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाईले ५४ हजार यन आर्थीक सहयोग गरेको छ।

    images

    बिधार्थी भिषामा  २ बर्ष पहिला जापान आएका धॅामीको केही दिन पहिला कोठामा सुतेकै अबस्थामा मृत्यु भए पछी शब ब्यबस्थापन र परिवारजनलाई सहयोग स्वरुप एनआरएनए क्षेत्रिय समिती सेन्दाई र सुदुरपश्चिम समाज सेन्दाईको संयुक्त प्रयासमा आर्थीक सहयोग अभियान सुरु गरिएको थियो।

    प्रदेशमा कस्लाई कति बेला के पर्छ के थाहा छ र सानो भए पनि दुखमा परेको परिवारलाई सहयोग पुगोस र आ आफ्ना समाजका बिचमाआपसी सहयोग र सद्भभाब कायम होस भनेर मोनाको तर्फ बाट सानो सहयोग गरिएको मोना सेन्दाईका अध्यक्ष अश्विन भण्डारीले मयुरपाटीलाई जानकारी दिएका छन।

    हस्तान्तरित सहयोग रकम बुझ्दै अभियानका संयोजक तथा एनआरएनए सेन्दाईका संयोजक हरी गोपाल श्रेष्ठले आगमी दिनमा पनि यस्ता दुखद घटनाहरु कम गर्नका लागी एनआरएनए सबै संघ संस्थाहरु संग समन्वय गरेर अगाडी बढ्ने बताएका थिए।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology