Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपहिरो अपडेट

चार दिनको अवधिमा बाढीपहिरोमा परेर नेपालमा १२ जनाले ज्यान गुमाए,तीन जना बेपत्ता

चार दिनको अवधिमा बाढीपहिरोमा परेर नेपालमा १२ जनाले ज्यान गुमाए,तीन जना बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७८ सोमवार • ०९:२१:०४ बजे
  • 1.4K
    SHARES
  • चार दिनको अवधिमा बाढीपहिरोमा परेर नेपालमा १२ जनाले ज्यान गुमाए,तीन जना बेपत्ता

    पोखरा । नेपालमा बितेका चार दिनको अवधिमा बाढीपहिरोमा परेर नेपालमा १२ जनाले ज्यान गुमाएका छन्। 

    images

    यस अवधिमा तीन जना बाढीपहिरोमा बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    बाढीपहिरोमा परेर ९ जना घाइते भएका छन्। बाढीको कारण तराईका विभिन्न जिल्लामा पाँच हजार भन्दा धेरै घर डुबानमा परेका प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए। गएको बिहीबारदेखि आइतबार सम्म बाढीपहिरोको कारण देशभर ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।

    वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा, सुनसरी, सप्तरी लगायतका जिल्लामा बढी असर गरेको छ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology