Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

करेन्ट लाग्दा दुईको मृत्यु, एक गम्भीर घाइते

करेन्ट लाग्दा दुईको मृत्यु, एक गम्भीर घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १०:३६:१९ बजे
  • 772
    SHARES
  • करेन्ट लाग्दा दुईको मृत्यु, एक गम्भीर घाइते

    धादिङको गजुरीमा मोबाइल तार जोड्ने क्रममा दुई जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । मोबाइल टावरको तार बिजुलीको पोलमा जडान गर्न भन्दै बिजुलीको पोलमा भर्याङ हालेका थिए ।

    images

    भर्याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गर्दै भने, ‘दुई जनाको मृत्यु भएको हो । हामी अहिले यहीँ छौँ । अहिले हामी काम गर्दैछौँ,’ उनले भने ।

    स्थानीयबासीका अनुसार अर्का एक जना गम्भीर घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । स्थानीयका अनुसार पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । केहीबेरमा विवरण आउने प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गम्भीर घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology