Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनसेल टावरमा तार जोड्ने क्रममा करेन्ट लागेर पोखरा घर भएका दुई मजदुरको मृत्यु, अर्का घाइते

एनसेल टावरमा तार जोड्ने क्रममा करेन्ट लागेर पोखरा घर भएका दुई मजदुरको मृत्यु, अर्का घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७८ सोमवार • ११:०२:५७ बजे
  • 2.5K
    SHARES
  • एनसेल टावरमा तार जोड्ने क्रममा करेन्ट लागेर पोखरा  घर भएका दुई मजदुरको मृत्यु, अर्का घाइते

    धादिङ। एनसेलको टावरमा तार जोड्ने क्रममा धादिङमा २ जना मजदुरको मृत्यु भएको छ। 

    images

    गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्‍याङ हालेका थिए। भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

    मृत्यु हुनेमा स्याङजा घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा घर भएका भुवन बराल रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology