Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए २,२९५ संक्रमित, १६ जनाकाे मृत्यु

२४ घन्टामा थपिए २,२९५ संक्रमित, १६ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १६:३४:५१ बजे
  • 934
    SHARES
  • २४ घन्टामा थपिए २,२९५ संक्रमित, १६ जनाकाे मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा २ हजार २९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८९२ आरटी पिसिआर र ३ हजार ३४१ एन्टिजेन गरी कुल १६ हजार २३३ जनामा परीक्षण गरिएकोमा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    हाल देशभर ३५ हजार ८७४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा, २ हजार ५४१ संस्थागत आइसोलेसनमा र ३३८ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५६८ जना र भेन्टिलेटरमा १६० जना उपचाररत छन् ।

    मन्त्रालयका अनुसार साेमबार देशभरबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ । निको हुने दर ९३.९ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology