Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले घर पुरेर मृ'त फेला परेकी एक महिलाको सनाखत

पहिरोले घर पुरेर मृ'त फेला परेकी एक महिलाको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • ०९:२७:१२ बजे
  • 799
    SHARES
  • पहिरोले घर पुरेर मृ'त फेला परेकी एक महिलाको सनाखत

    दुई दिन अघि पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा पहिरोले घर पुरेर मृ'त फेला परेकी एक महिलाको सनाखत भएको छ । आइतबार दिउँसो राम्दी बजारमा माथिबाट आएको पहिरोले ३ वटा घर–होटल पुरिएका थिए ।

    images

    त्यस मध्ये ग्ल्याङ्ग नगरपालिका–१ राम्दीकी लक्ष्मी बस्नेतको बस्नेत होटलमा खाजा–नास्ता गर्न बसेकी एक जना महिलाको श'व पुरिएको अवस्थामा फेला परे पनि तत्काल सनाखत हुन सकेको थिएन ।

    पछि ती महिला स्याङ्जाको वालिङ्ग नगरपालिका–१४ की ४० वर्षीय धनमाया उम्रा भन्ने खुलेको हो । उक्त पहिरोमा पुरिएका ३ जनाको उद्धार गरी उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको सनाखत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology