Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अभिनेत्री मनिषा कोईरालामाथी भारतीय मिडिया खनिए

अभिनेत्री मनिषा कोईरालामाथी भारतीय मिडिया खनिए

Deeps

Deeps

जेठ ११, २०७७ आइतवार • ०६:३६:५४ बजे
  • 4.7K
    SHARES
  • अभिनेत्री मनिषा कोईरालामाथी भारतीय मिडिया खनिए

    बलिउडमा लामो समय क्रियाशील अभिनेत्री मनिषा कोईरालाले नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामाथी गरेको समर्थन र स्वागतयोग्य कदम भन्दै प्रशंसा गरेपछि भारतीय मिडियाहरुमा उनीबारेका अनेक प्रतिक्रिया देखिन थालेका छन् ।

    images

    नेपालका पक्षमा अभिव्यक्ति दिएको भन्दै धेरैजसो भारतीय मिडियाहरुले मनिषाले विवादास्पद अभिव्यक्ति दिएको बताएका छन् ।

    भारत सरकारले एकतर्फी रुपमा लिपुलेकमा सडक खण्डको उद्घाटन गरेपछि त्यसको जवाफमा नेपालले कूटनैतिक नोट समेत पठाएको र मन्त्रीपरिषद् बैठकले नयाँ नक्सा समेत जारी गरेपछि भारतमा यसका बारे ठूलै बहश सुरु भएको छ । यसैबीच अभिनेत्री कोईरालाले केहि दिनअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि सरकारको यो कदमलाई स्वागतयोग्य भन्दै यसको समाधानका लागि तीनै देश (नेपाल,भारत र चीन) का बीच शन्तिपूर्ण र सम्माजनक वार्ता हुनेपर्ने भन्दै ट्वीट गरेकी थिईन् ।

    त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ’ भन्दै गरको ट्वीटमा रिट्वीट गरेकी छन् ।

    (तस्विरहरु सामाजिक संजालबाट)

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • Deeps

    This is Test

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology