Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा लेकसाइडमा होटल सञ्चालन गरी जबर्जस्ती यौन शोषण गराउन खोज्ने एक महिला र पुरुष पक्राउ

पोखरा लेकसाइडमा होटल सञ्चालन गरी जबर्जस्ती यौन शोषण गराउन खोज्ने एक महिला र पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७८ बुधवार • ०९:४८:१९ बजे
  • 3.3K
    SHARES
  • पोखरा लेकसाइडमा होटल सञ्चालन गरी जबर्जस्ती यौन शोषण गराउन खोज्ने एक महिला र पुरुष पक्राउ

    पोखरा। कास्की प्रहरीले जबर्जस्ती यौन शोषण गराउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ।

    images

    पोखरा महानगरपालिका -६ खहरेचोक र शान्तिनगरमा होटल तथा रेष्टुरेन्ट संचालन गरी महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर वाध्य पारी यौन शोषणमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा नुवाकोट जिल्ला तारेकश्वर गाउँपालिका वडा नं -४ स्थायी घर भइ हाल पोखरा -६ खहरेचोक बस्दै आएका २७ वर्षीय ‘विशाल’ भनिने विष्णु श्रेष्ठ र इलाम जिल्ला माई नगरपालिका -८ चिसापानी स्थायी घर भइ शान्तिनगरमा रेष्टुरेन्ट संचालन गरी बस्ने २८ वर्षीया अस्मिता राई रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

    हमालका अनुसार श्रेष्ठले पोखरा -६ खहरे चोकस्थित होटल ‘लिटिल ह्यावेन’ संचालन गरी कुकको काममा लगाइदिने भन्दै महिलालाई जबर्जस्ती यौन शोषण गर्न वाध्य पारेको र राईले सोही वडाको शान्तिनगर स्थित ‘ए वान रेष्टुरेन्ट’ संचालन गरी वयटरको काममा लगाईदिने भन्दै महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको अभियोग छ।

    उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

    पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थप अनुमति लिएर मानव वेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

    हाल पीडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology