Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाेखरामा १४ जुवाडे ३ लाख ३५ हजार नगद सहित पक्राउ

पाेखरामा १४ जुवाडे ३ लाख ३५ हजार नगद सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७८ बुधवार • ०९:५२:५५ बजे
  • 1.3K
    SHARES
  • पाेखरामा  १४ जुवाडे ३ लाख ३५ हजार नगद सहित पक्राउ

    पाेखरा। कास्की प्रहरीले पाेखरामा तास खेलिरहेका १४ जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।  कास्कीकाे पोखरा महानगरपालिका ७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ बुक तास सहित पक्राउ गरेको जनाएकाे छ ।

    यसैगरी पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जाकाे पुतलीबजार नगरपालिका ८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology