Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७८ बुधवार • १०:०८:४१ बजे
  • 3.7K
    SHARES
  • लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

    लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।

    images

    सोमबार राति अन्दाजी १० बजेको समयमा राईनास नगरपालिका वडा नं -९ साततले बस्ने २५ वर्षीय सुरज थापाको खुकुरी प्रहारबाट सोही स्थान बस्ने २२ वर्षीय सुवेन आलेको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

    केसीका अनुसार खुकुरी प्रहारबाट सख्त घाइते भएका आलेलाई तत्काल उपचारका लागि भरतपुर पठाइएकोमा उनको बाटैमा मृत्यु भएको हो।

    घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology