पोखरा । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्माले राजीनामा दिएका छन् । उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन् ।
अष्टलक्ष्मी शाक्य नेकपा (एस) मा आउन नमाने पछि मन्त्रीले राजीनामा दिएको बताएका छन् । शर्मा नेपाल पक्षका हुन् भने शाक्य पनि यसअघि नेपाल समूहमै थिइन् ।