Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कलाकार निशा घिमिरेको निधन

कलाकार निशा घिमिरेको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७८ बुधवार • २२:३२:१७ बजे
  • 1.4K
    SHARES
  • कलाकार निशा घिमिरेको निधन

    नर्भिकअस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो |

    images

    लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन,’ प्रवक्ता बाँस्तोलाले भने, ‘उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो| उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्|

    जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार थालेको थियो | 

  • सम्बन्धित विषय:

  • # कलाकार निशा घिमिरे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology