Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलेसियामा एक नेपालीको मृ'त्यु

मलेसियामा एक नेपालीको मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७८ बिहिवार • १०:३४:०४ बजे
  • 1.4K
    SHARES
  • मलेसियामा एक नेपालीको मृ'त्यु

    बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिएका छन |

    images

    कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए | बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ । विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन |

    उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएको जनाएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # मलेसिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology